सुर्खेत । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबईबाट अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बबई चेक प्वाईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलिले अवैध सामान बरामद गरिएको हो।
प्रहरीका अनुसार भन्सार छलि गरि ल्याएको सामानहरूमा बा५ख ६२०६ नम्बरको फोर्सबाट १२५ किलो चिनी, लु२ख ५७८४ नम्बरको फोर्सबाट २५ किलो चिनी ३० किलो प्याज, ना३ख४२७५ नम्बरको फोर्सबाट ११० किलो चिनि, ३० किलो केराउ, ७५ पोका सुपरपावर बरामद भएको छ।

यस्तै, भे१ज९२१ जीपबाट ४० किलो चिनि, २५ पोका सुपरपावर, ना४ख४६३९ बसबाट ११५ पिस कुर्ता सुरुवाल, ना५ख ५६०८ फोर्सबाट १०० किलो प्याज र लु२ख४९७८ फोर्सबाट ७५ किलो चिनि बरामद गरिएको छ।


नेपाल कर्म । ८ चैत्र २०८०, बिहीबार ११:२१