नेकपा एमाले सुर्खेतको अधिवेशन आज, महासचिव पोखरेलले उद्घाटन गर्ने

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवशेन आज (बिहीबार)बाट सुरु हुने भएको छ। उक्त अधिवेशन एमाले पार्टीका महासचिव शंकर पोखरेलले गर्ने छन्।



सुर्खेत सिटी हलमा बिहीबार दिउँसो १२ बजेबाट अधिवेशनको सुरु हुने नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले जनाएको छ।

अधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवा र संगठनात्मक अराजकतालाई पराजित गरौं, पार्टी शुद्धिकरण र सुदृढीकरणको पक्षमा नवौं जिल्ला अधिवेशन सफल पारौं’ भन्ने मुल नारा तय पारिएको छ।

अधिवेशनको उद्घाटन वीरेन्द्रनगरको सिटी हलमा बिहान ११ बजेदेखि सुरू हुने एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए।

इन्चार्ज बोगटीका अनुसार ९ वटा स्थानीय तह अन्तर्गत भूगोल, समावेशी र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब ४९५ जना प्रतिनिधि छनौट भएर आएका छन्।

यस्तै, बुधबार बसेको नेकपा एमाले जिल्ला कमिटी सर्खेतको सचिवालय बैठकले प्रतिनिधिहरूको नाम स्वीकृत, राजनीतिक तथा आर्थिक प्रतिवेदन समेत पास गरिसहेको छ।

यस्तै, अध्यक्षमा आदा दर्जन नेताहरूले आकाङ्क्षा व्यक्त गरे पनि सर्वसम्मत कमिटी निर्माणका लागि नेताहरूले कसरत थालेका छन्।

तपाईको प्रतिक्रिया