काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ। राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेका हुन्। प्रस्तावलाई सांसदहरुले समर्थन जनाएका छन्।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरिएको थियो।


अध्यक्ष दाहालले भने, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम देहायबमोजिम रहेको छ। आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह। कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्दछु।’

नेपाल कर्म । ७ चैत्र २०८०, बुधबार १३:२३