नेकपा एमाले सुर्खेतको नवौँ अधिवेशन बिहीबारबाट सुरू हुँदै

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवेशन बिहीबार सुरु हुँदै छ। अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलबाट हुने एमाले सुर्खेतले जनाएको छ।



अधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवा र संगठनात्मक अराजकतालाई पराजित गरौं, पार्टी शुद्धिकरण र सुदृढीकरणको पक्षमा नवौं जिल्ला अधिवेशन सफल पारौं’ भन्ने मुल नारा तय पारिएको छ।

अधिवेशनको उद्घाटन वीरेन्द्रनगरको सिटी हलमा बिहान ११ बजेदेखि सुरू हुने एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए।

इन्चार्ज बोगटीका अनुसार ९ वटा स्थानीय तह अन्तर्गत भूगोल, समावेशी र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब ४९५ जना प्रतिनिधि छनौट भएर आएका छन्।

यस्तै, बुधबार (चैत ७) गते नेकपा एमाले जिल्ला कमिटी सर्खेतको सचिवालय बैठक बसेर प्रतिनिधि तथा, राजनीतिक र आर्थिक प्रतिवेदन पास गरिने छ।

तपाईको प्रतिक्रिया