सुर्खेत । वीरेन्द्रनगर ल्याउन लागिएका विभिन्न सामानहरू प्रहरीले नियन्त्रणमा लिएकाे छ । भेरीगंगा नगरपालिका-५ बबई चेक प्वाईन्टले ७ वटा सवारीमा ल्याउन लागिएकाे अवैध सामानहरू नियन्त्रणमा लिएकाे हाे ।

चेक जाँच गर्ने क्रममा अबैध भन्सार छलि गरि ल्याएको सामानहरू चिनी ३७५ केजी, प्याज १३० केजी, केराउ ३० केजी, सुपर पावर सुर्ती १०० पोका र कुर्ता सुरुवाल ११५ पिस रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।


उनकाअनुसार अवैध रुपमा ल्याईएका लेश जातको कुखुराको चल्ला पनि प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएकाे छ । १४ काटुन चल्लालाइ वीरेन्द्रनगर नगरपालिकाकाे पशुपंन्छि बिकास शाखाका डाक्टर तारा अच्छामी के.सी.सहितकाे राेहवरमा नष्ट गरिएकाे छ ।

नेपाल कर्म । ७ चैत्र २०८०, बुधबार १०:२३