लेकवेशीका किसानलाई वर्गीकरणसहितकाे किसान परिचयपत्र

सुर्खेत । सुर्खेतकाे लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेकाे छ । मंगलबारदेखि नगरपालिकाले वर्गीकरणसहितकाे किसान  परिचयपत्र वितरणकाे काम सुरु गरेकाे हाे ।



उक्त कार्यक्रममा बाेल्दै  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले परिचयपत्र वितरणले भू-उपयोगमा पहुँच पुग्ने बतनए ।

लेकवेशी नगरपालिकाकाे आयोजनामा नगरपालिकाकाे  वडा नं १ लेखफर्सा सुर्खेतमा आयाेजना गरिएको किसान वर्गीकरणसहितको परिचयपत्र वितरणकाे शुभारम्भ कार्यक्रमका प्रमुख  अतिथिसमेत रहेका मन्त्री शर्माले किसान  अम्बर बहादुर थापालाई  परिचयपत्र वितरण गरि ओैपचारिक रुपमा शुभारम्भ  गर्द‌ै  वर्गिकरण सहितकाे किसान परिचयपत्र वितरणले भू उपयोगमा पहुँच पुग्ने बताएका हुुन् ।

कर्णालीकाे खेतीयोग्य जमिन बाँझाे रहेकाे गुनासो गर्द‌ै  किसान परिचयपत्र वितरणले भू-उपयोग नितिलाई पुर्ण रुपमा पहुँच पुर्याउने विश्वास गर्दै किसानलाई भू उपयोगमा प्रविधि र प्राविधिक सहित सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध भएको मन्त्री शर्माले बताए ।

परिचय पत्र वितरण प्रणालीलाई भूमि हिन सुकुम्बासी, सना किसान, मध्यम र ठुला किसान ४ भागमा विभाजन गरि बितरण गर्न कर्णाली प्रदेशकाे पहिलो स्थानीय तह लेकवेशी नगरपालिका भएको बताउँद‌ै किसान परिचय पत्रकाे व्यबहारिक कार्यान्वयन गर्न स्थानीय सरकारले अनुगमन तथा निरीक्षण प्रणालीलाई सक्रिय बनाउन आग्रहसमेत मन्त्री शर्माले गरे ।

वास्तविक किसान भुईतहमा र बारीमै सिमित भएको र अनुदान मुखि किसान परिचयपत्र मा मात्रै सिमित हुने प्रणाली प्रदेश सरकारले खारेज गरि उत्पादनमा आधारित अनुदानलाई व्यवस्थित गर्न प्रदेश सरकारले एक फर्म एक उत्पादन र अनेक स्वामित्वकाे नीति अवलम्बन गरिएको बताए ।

संघ, प्रदेश र स्थानीय सरकार प्रतिस्पर्धि नभई समन्वय  सहकार्य बाट किसानकाे हकहितमा कार्य गर्ने भएकोले प्रदेश सरकारले स्थानीयतहका कर्मचारीकाे क्षमताबृद्धि जस्ता कार्यक्रम सहकार्य गरेको बताए ।

लेकवेशीकाे वडा नं १ न लेखफर्साबाट वर्गीकरण सहितको किसान परिचय वितरणकाे पहिलो चरणमा ३० जना किसानलाई परिचयपत्र वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया