विद्याज्योति निकेतनका शिक्षक तथा विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई सहयोग

सुर्खेत । सुर्खेतको विद्याज्योति निकेतन विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सहयोगापेक्षी मानवहरुको संरक्षण गर्दै आएको मानवसेवा आश्रमलाई खाद्यान्न तथा नदग सहयोग गरेका छन् ।



मंगलबार विद्याज्योतिका विद्यार्थी तथा शिक्षकहरुले विद्यालयमा मुठ्ठीदान वापत संकलन भएको खाद्यान्न सामग्रीसहित नगद पाँच हजार ६५ रुपैयाँ आश्रमलाई प्रदान गरेका हुन् ।

वीरेन्द्रनगर ८ मा रहेको विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले आश्रमको सेवा सहजताका लागी मुठ्ठीदान मार्फत एक सय १० किलोग्राम चामल, १० किलोग्राम दाल, आठ किलोग्राम प्याज, चार किलोग्राम टमाटर, दुई दर्जन केरा, तीन पेटी फ्रुटी र पाँच किलोग्राम हरियो तरकारीसहित नगद रकम आश्रमकी कर्णाली प्रदेश संयोजक संचिता गौतमलाई हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया