सुर्खेत । वीरेन्द्रनगरबाट ठगी मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ का ३० बर्षीया कविर खान रहेका छन । उनी ठगी र सार्वजनिक लिखत कृते मुद्दा लागेपछि फरार भएका थिए ।
सुर्खेत जिल्ला अदालतको २०७९।०३।२९ गतेको फैसला कार्यान्वयनको लागि लगत नं. ००२८२ मा ठगी र सार्वजनिक लिखत कृते मुद्दा छ । खानलाई ठगी मुद्धामा ११ महिना १० दिन कैद र दश हजार साथै सरकारी वा सार्वजनिक लिखत कृते मुद्दामा १ वर्ष कैद र दश हजार जरिवाना तोकिएको छ ।


नेपाल कर्म । ६ चैत्र २०८०, मंगलवार १७:४४