यस्ताे रहने छ आजकाे माैसम

काठमाण्डाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।



आज मधेश र कोशी प्रदेशलगायत पहाडी भू-भागमा बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुट देखि हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने तथा पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित छिटपुटदेखि हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित पहाडी भू-भागमा बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुन सक्नेछ ।

त्यस्तै बिहीबार कोशी, मधेश, बागमती र गण्डकीसहित पहाडी भू-भागमा बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

तपाईको प्रतिक्रिया