काठमाण्डाैं । काठमाडाैंकाे थापाथलीस्थित परोपकार प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंह धरौटीमा रिहा भएकी छिन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सिंहलाई डेढ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश थिएको हो ।
धराैटी बुझाएर उनी रिहा भइसकेकी छिन् । ११ फागुनमा पक्राउ परेकी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।


नेपाल कर्म । ५ चैत्र २०८०, सोमबार १७:२८