सुर्खेत । सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेको हो । सोमबार कविलवस्तुबाट महरालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवम प्रहरी नायव महानिरीक्षक भिम ढकालले नेपालकर्मलाई जानकारी दिए । उनलाई भैरहवाबाट काठमाण्डौ ल्याउने तयारी रहेको उनले बताए ।


सुन तस्करीसम्बन्धी अनुसन्धानका लागि महरा पक्राउ परेका हुन् । पूर्वसभामुखसमेत रहेका महरालाई मुद्दा चलाउन सुन तस्करीसम्बन्धी छानबिन गर्नका लागि गठित समितिले सिफारिस गरेको थियो । महराका छोरा राहुल पनि इलेक्ट्रिक सिगरेट (भेप) मा सुन तस्करी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।


नेपाल कर्म । ५ चैत्र २०८०, सोमबार १०:४९