कालिकोट । आगोमा जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्रका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएकी थिइन् ।


घाइते हेमन्तीको आइतबार दिउँसो १ स् ४० बजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा। केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्घिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको डाक्टर पौडेलले जानकारी दिए ।
सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि निभाउन लागेका थिए । पछि जलेर घाइते भएका थिए ।घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्महुँदै शुक्रबार बेलुकी जुम्ला लागेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पुर्याइएको थियो ।

नेपाल कर्म । ४ चैत्र २०८०, आईतवार १८:१०