बाँके । बाँकेमा बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको ढकेरीमा बाघको आक्रमणबाट सल्यान दार्मा गाउँपालिका- १ का ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको हो ।
पूर्व-पश्चिम राजमार्गको ढकेरीदेखि ३ किलोमिटर पश्चिम जंगलमा शर्मालाई बाघले आक्रमण गरेको थियो । शर्मा हाल आफ्नो आफन्तको घरमा बस्दै आएको खुलेको ढकेरी प्रहरी बिट इन्चार्ज असई जंगबहादुर एमसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


नेपाल कर्म । ४ चैत्र २०८०, आईतवार १३:३२