सुर्खेत । वीरेन्द्रनगरमा पढ्दै आएका १८ वर्षीय युवक हराएपछि परिवारले खोजी दिन अपिल गरेको छ । अछाम घर भएका १८ वर्षीय मनोज खनाल गत फागुन ३० गते वीरेन्द्रनगरको यरिचोकबाट हराएका हुन् ।

रामारोशन गाउँपालिका–बाटुलासेन स्थायी ठेगाना भएका मनोज वीरेन्द्रनगर–३ यरिचोकमा रहेको साउथ एशियन स्कलर्स एकेडेमीमा कक्षा ११ पढ्ने गरेका थिए । तातापानीमा कोठा भाडामा बस्दै आएका उनी बुधबार दिउँसो बजार जान्छु भनि निस्केको तर साँझ नफर्किएपछि खोजी थालेपनि कतै फेला नपरेको बुवा नरकान्त खनालले जानकारी दिए ।

‘राती अवेरसम्म उनी कोठामा नआएपछि उनीसँगै बस्ने साथीले हामीलाई खवर गर्नुभयो,’ बुवा खनालले भने, ‘जानकारी थाहा पाएदेखि आजसम्म सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि फेला परेका छैनन् । सबै मिलेर खोजीदिन सबैमा अनुरोध गर्दछु ।’

उनले छोराको खोजीको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएको बताए । प्रहरी र आफूले वीरेन्द्रनगरका सबै ठाउँमा खोज्दा पनि फेला नपरेको बताए ।
मनोजसँगै भएको मोबाइलमा बिहिबार दिउँसोसम्म फोन लाग्ने गरेपनि कुनै जानकारी पाउन नसकेको बुवाको दुःखेसो छ । उनको अन्तिम लोकशन कालिञ्चोक आसपाससमा देखाएको थियो । कतै देख्नु वा भेट्नुहुनुले मनोजका आफन्तको सम्पर्क नम्बर ९८४८४०३१०८ वा प्रहरीलाई खवर गरिदिन परिवारले अनुरोध गरेका छन् ।

नेपाल कर्म । ३ चैत्र २०८०, शनिबार १५:०६