उपभोक्ता दिवसमा नेपालकर्मका सम्पादक खड्का सम्मानित

सुर्खेत । विश्व उपभोक्ता दिवसको अवसरमा नेपालकर्म डटकमका सम्पादक सुशील खड्कालाई सम्मान गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले विश्व उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता हक, हित र अधिकारका क्षेत्रमा योगदान पुर्याए भन्दै खड्कासहित चार जनालाई सम्मान गरेको हो।




पत्रकार खड्का एपिवान टेलिभिजनका कर्णाली ब्यूरो प्रमुख समेत हुन् । यस्तै सम्मानित हुनेहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रशासकीय अधिकृत थिरबहादुर श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय सुर्खेत खरिदार सरस्वतीकुमारी रेग्मी छन् ।

उनीहरुलाई कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रमाणपत्र र खादासहित  सम्मानित गरेका हुन् ।

तपाईको प्रतिक्रिया