सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कार्यालयका प्रमुख तथा इन्जिनियरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगुको सोरु गाउँपालिका-९ को साविक कालै गाविस वडा नम्बर २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिंचाई कुलो निर्माणमा अनियमितता भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नहरि घिमिरेले जानकारी दिए ।
तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेले आरसीसी क्यानल लाइनिङ वर्कस, पाइपलाइन वर्कसको १४ लाख १७ हजार ९३५ रुपैयाँ बराबरको कार्य सम्पन्न नगरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।


त्यसैगरी तत्कालीन कार्यालयका इन्जिनियर महेशसिंह कठायत, सब इन्जिनियर भिम बहादुर रोकाया, असिस्टेन्ट सबइन्जिनियर सर्जन शाहीविरुद्ध पनि मुद्दा दायर गरिएको उनल बताए ।
साथै, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पुर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

नेपाल कर्म । २ चैत्र २०८०, शुक्रबार १०:५६