सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदले ‘कर्णाली खेलकुद गीत’का लागि पत्रकार क्षितिज समर्पणकाे शब्द रचना छनाेट गरिएकाे छ । परिषदले ‘कर्णाली प्रदेश खेलकुद गीत’को लागि कर्णालीको पहिचान,धरोहर, भेषभूषा, सस्कृति र कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको भाब झल्किने गरी खेलकुद गीतको शब्द रचनाको माग गरेकोमा पत्रकार समर्पणकाे शव्द रचना छनाेट गरिएकाे हाे ।

गीत शब्द रचनाहरु मध्यबाट उत्कृष्ट रचना छनौट गर्नको लागी कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं साहित्यकार रमेश न्यौपानेको संयोजकत्वमा साहित्यकार देवकी तिमिल्सेना र मध्य पश्चिम विश्वविद्यालयका उप प्राध्यापक कमल लम्साल सदस्य रहेको छनौट समितिले कर्णाली खेलकुद गीत शब्द रचना छनौट गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

परिषदले गत पुष ५ गते गीतको शब्द रचना लागि सूचना आह्वान गरेको थियो । पहिलो पटकको सूचनामा प्रयाप्त गीतको शब्द रचना आइनपुगेपछि परिषदले दोस्रो पटक गत पुष २१ मा पुन गीतको शब्द रचना मागको म्याद थप गरेकाे हाे ।
छनोटमा परेको शब्द रचना
हिमालजस्तो अग्लो शीर उँचो बनाएर
हामी खेल्छौ हाम्रो खेल उत्साह जगाएरकर्णाली यो भाषा, साहित्य, संस्कृतिको खानी
प्राकृतिक सुन्दरता– जंगल, जमिन, पानी
सपनाको सुनगाभा यो दिलमा फुलाएर
हिमालजस्तो अग्लो शीर उँचो बनाएरउचालेर झण्डा कुछौं पहाड कन्दरा
बनाउनेछौं यो माटोमा पसिनाको छहरा
बन्धुत्व र भाइचारा जहिल्यै बचाएर
हिमालजस्तो अग्लो शीर उँचो बनाएरजोगाएर सभ्यता, जोगाएर स्वाभिमान
फैलाउनेछौं विश्वमा कर्णालीको पहिचानउठ्छौ जुट्छौ सपना आँखामा सजाएर
हिमालजस्तो अग्लो शीर उँचो बनाएर


नेपाल कर्म । २९ फाल्गुन २०८०, मंगलवार १०:३९