काठमाण्डाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको बैठक बोलाएकी छिन् । निर्वाचन आयोगले पुरानै केन्द्रीय समितिलाई नै निरन्तरता दिएपछि अध्यक्ष श्रेष्ठले सोमबार दिउँसो १ बजे टीकपुरमा बस्ने गरी बैठक बोलाएकी हुन् । अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा पार्टीका संरक्षक रेशम चौधरीको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ ।

नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन् । तर, रेशमको आड पाएका सुदूरपश्चिमका सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन् ।


समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरूलाई फिर्ता नहुन अर्को निर्देशन जारी गरेपछि नाउपा फुटको संघारमा पुगेको छ । पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ । बैठकमा श्रेष्ठ नेतृत्वको समितिका सबै सदस्यहरूलाई बोलाइएको छ ।

नेपाल कर्म । २८ फाल्गुन २०८०, सोमबार ११:५२