जाजरकोटमा रुखले च्यापिएर युवकको मृत्यु

सुर्खेत। जाजरकोटमा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ । जिल्ला को नलगाड नगरपालिका १ कल्पतका वर्ष २४ केशव पुनको घर बनाउने काठ चिर्न गएको समयमा रुखले च्यापिएर मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार घर नजिकैको जङ्गलमा काठ काट्ने क्रममा रुखले च्यापिएर गम्भीर घाइते भएका पुनको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया