सुर्खेत । वीरेन्द्रनगरमा जारी तेश्रो कर्णाली एक्सपोमा आज शनिबार चर्चित गायक प्रमोद खरेलकाे प्रस्तुती दिने भएका छन् । खरेलसँगै सुर्खेती चेली चर्चित गायिका टिका पुन र गायक सुकदेव अधिकारीकाे पनि प्रस्तुती रहने आयाेजकले जनाएकाे हाे ।


महाेत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने रहनेछ । सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपोमा यहीँ फागुन २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।


नेपाल कर्म । २६ फाल्गुन २०८०, शनिबार १०:३९