दिगो विकासका लक्ष्यहरु भेटाउन लैंगिक समानता कायम गराैं : प्रदेश प्रमुख

सुर्खेत ।  कर्णालीका प्रदेश प्रमुख तिलक परियारले दिगाे विकासका लक्ष्यहरू भेटाउन लैंगिक समानता कायम गर्नु पर्ने भन्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुच पुर्याउने जस्ता विषयहरु महिलाको हित संरक्षणमा केन्द्रित हुनु पर्ने प्रदेश प्रमुखले शुभकामना सन्देशमा भनेका छन् ।



महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नाराका साथ आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च)को अवसरमा महिला दिवस मनाउन लागिएकाे छ ।

तर प्रदेश प्रमुख खनालले नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिला माथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरु अन्त्य गरी पुरुष र महिला बीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको उल्लेख गर्दै शुभकामना सन्देशमा भनेका छन्, ‘विविधता बिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गिय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङगीक विभेद तथा सबै प्रकारका जातिय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशि र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प नेपालको संविधानले गरेको छ ।’

नेपाली जनताको महान जनयुद्ध र जनआन्दोलन आन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तीकरणको क्षेत्रमा हामीले प्राप्त गरेका उपलब्धीहरु विश्व महिला आन्दोलनकै लागि प्रेरक मानिएको परियारले बताएका छन् ।

‘नेपालको कानूनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था पनि गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुच पुर्याउने जस्ता विषयहरु महिलाको हित संरक्षणमा केन्द्रित छन्,’ परियारले भनेका छन्, ‘राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेका कुरालाई मनन् गर्दै सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रुपमा हामी सबैले अघि बढाउनुपर्ने आजको आवश्यकता हो । यस दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरु पुरा गर्न हौसला प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।’

अन्तमा, महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚उत्पीडन एवं समाजमा विद्यमान विकृती प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले लैंगिक समानताका विषयलाई आत्मसात् गर्न र लैंगिक समानताका लागि क्रियाशिल अधिकारकर्मी तथा अभियान्ताहरु लगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना पनि परियारले गरेका छन् ।

तपाईको प्रतिक्रिया