सल्यानमा शारदा र नमस्ते सल्यान यातायातविच एकता

सल्यान । जिल्लामा सञ्चालित दुइ यातायात व्यवसायीहरूले एकता गरेका छन् । नमस्ते सल्यान यातायात प्रालि र शारदा यातायात सेवा प्रालिले एकता गरेर नमस्ते शारदा यातायात सेवा प्रालि नाम कायम गरिएकाे हाे ।



शारदा यातायात २०७३ र २०७५ सालमा नमस्ते सल्यान यातायात प्रालि स्थापना भएका थिए । जिल्लामा सञ्चालन भएका मिनि बस तथा साना गाडीलाई एउटै छातामूनी राखेर सञ्चालन गर्ने उदेश्यले बिहीबारदेखी दुवै प्रालि मर्ज नयाँ कार्यसमिति संयाेजक शंकरदेव खड्काले जानकारी दिए ।

उनकाअनुसार प्रालिकाे अध्यक्ष र प्रबन्धक दुइ/दुइ बर्षमा आलोपालो गर्ने सहमति भएको छ । नयाँ कार्यसमितिको संयोजकमाखड्का, प्रबन्धकमा डम्बर सिंह तिरुवा, बरिष्ठ उपाध्यक्षमा कर्ण बहादुर बस्नेत, उपाध्यक्षमा भिमनाथ योगी छन् । यस्तै महासचिवमा बिष्णु शाही, कोषाध्यक्षमा भिमनाथ योगी, सचिवमा ललितनाथ योगी र सहसचिवद्धयमा जनक पुन मगर र कृष्ण चनारा छन् ।

प्रालिमा हाल ४३ वटा मिनि बस र ट्याक्सी छन् । नागरिकको सहजताको लागि सेवालाई थप स्तरोन्नति गर्दै जिल्लाका ग्रामिण भेगसम्म गाडी सञ्चालन गर्न एकता गरिएकाे संयोजक खड्काले बताए ।

तपाईको प्रतिक्रिया