एमाले कर्णाली कमिटीले गठन गर्यो सचिवालय

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले सचिवालय गठन गरेको छ । कमिटीको दोस्रो बैठक पाँच जना पदाधिकारीसहित थप १२ जनालाई समेटेर सचिवालय गठन गरेको हो ।



सचिवालयको कमिटीका पाँच जना पदाधिकारीहरूमा अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाईं, सचिव ध्रुबबहादुर शाही, उप-सचिव रविन्द्रराज शर्मा र पद्मा खड्का छन् ।

बाँकी मनोनित गरिएकाहरुमा हुम्लाका रुपा शाही, जाजरकोटका करवीर शाही, कौशिलावती खत्री, धर्मबहादुर शाही, दैलेखका प्रेमबहादुर थापा, विष्णु थापा, लोमन शर्मा, सुर्खेतका इन्द्र केसी, खड्कबहादुर खत्री, गणेशबहादुर वली, मानबहादुर खत्री र राजु नेपाली रहेको छन् ।

तपाईको प्रतिक्रिया