सुर्खेत । कर्णाली एक्सपोको बुधबारकाे कार्यक्रममा हास्यब्यंग्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली ले दर्शकलाई मनाेरञ्जन प्रदान गर्ने भएका छन् ।
साथमा दर्शकहरुलाई थप मनाेरञ्जन प्रदान गर्नका लागि लाेकप्रिय गायिका पुर्णकला बिसी, रिता केसी, सपना शाही र गायक धनराज चुनारा पनि सुर्खेत आइपुग्नेछन् ।

मंगलबारकाे कार्यक्रममा गायक टंक तिमिल्सेना र अस्मिता अधिकारीलाई दर्शकले अबेरसम्म पनि साथ दिएका थिए ।


नेपाल कर्म । २३ फाल्गुन २०८०, बुधबार १४:२०