सुर्खेत । शनिवारदेखि पश्चिम नेपालमा वर्षा भएपछि सुर्खेतमा जारी महाेत्सवका आईतवार जारी कार्यक्रम स्थगित गरिएको छ । पश्चिमी वायुका कारण लगातार पानी परेपछि आईतबारका सबै कार्यक्रम स्थगित गरिएको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको हाे ।

संघले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘प्रतिकूल परिस्थितिका कारण एक्सपो अन्तर्गतका गतिविधिहरू सहजतापूर्वक सञ्चालन गर्न गराउन असहजता भैरहेको हुँदा फागुन २० गतेका लागि एक्सपो अन्तर्गत सञ्चालन हुने सांगीतिक प्रस्तुती र स्टल प्रदर्शनीसंग सम्पूर्ण गतिविधिहरू स्थगन गरिएको छ।’
माैसम प्रतिकुलता कारण कार्यक्रम स्थगन गराउँदा पर्न गएकाे असुविधाप्रति संघ क्षमासमेत मागेको छ । स्थिति सहज हुने बेलासम्म धैर्यधारण गरी मूल आयोजकप्रति सदाशयता र सहयोग निरन्तर कायम राखी दिन हुन पनि आग्रह संघले गरेकाे छ ।

माैसम प्रतिकुलताका बिच शनिवार करिव १० हजार नागरिकले शनिबार महाेत्सव अवलाेकन गरेको संघले जनाएको छ ।


नेपाल कर्म । २० फाल्गुन २०८०, आईतवार १४:०२