सुर्खेत । घरकाे छतबाट खसेर एक जनाकाे मृत्युु भएको छ । वीरेन्द्रनगर-६ गाेदामलाईनमा रहेकाे नाैलाे हाेटलकाे पहिलाे तलाकाे छतबाट खसेर दिप चन्दकाे मृत्यु भएको हाे ।

५१ वर्षीय चन्द गएराती कतिबेला छतबाट खसेका हुन भन्ने केही नखुलेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले जानकारी दिए ।

उनकाअनुसार पहिलाे तलाबाट दुई घरकाे विचमा खाली रहेकाे ठाउँमा खसेकाे अवस्थामा शव भेटिएको हाे । उनी विहान मृत अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

चन्द दैलेख नाैमुले गाउँपालिका-८ चाैराठा खतेनाका हुन । उनी पूर्व ओभरसियर र शिक्षक हुन् । चन्दकाे शव पाेष्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएकाे छ ।

नेपाल कर्म । २० फाल्गुन २०८०, आईतवार १३:२०