कर्णाली प्रदेश सभाको अधिवेशन पाँच महिनापछि आह्वान

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो अभिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले तेस्रो बैठकको अधिवेशन यहीँ फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिएका हुन् ।




आज शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले नेपालको संबिधानको धारा १८३ को उपधारा (१)० बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारलाई सिफारिस गरिएको छ । प्रदेश सभाको दोस्रो अधिवेशनको ३९ औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो । करिव पाँच महिनापछि सरकारले सभाको तेस्रो बैठक आह्वान गरेको हो ।

तपाईको प्रतिक्रिया