सुर्खेत । कर्णाली सरकारले शुक्रबारदेखि वीरेन्द्रनगरमा ‘डिजिटल कर्णाली कन्क्लेभ’काे शुभारम्भ गर्याे । तर प्रदेश सरकारले थालेकाे याे आभियानमा प्रदेशमा रहेका नेपाल टेलिकम र नेपाल विद्युत प्राविधकरणले माैन बहिस्कार गर्दा आन्तरिक मामिला मन्त्री कृष्ण जिसीले खुलेरै विराेध गरेका छन् ।

डिजिटल प्रदेशका सरकारी स्वामित्वमा रहेका नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगरमा जारी ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममा उपस्थिति नै नजानाएर दुवै निकायले बहिस्कार नै गरिदिए ।

डिजिटल कर्णाली प्रदेशको रोडम्याप तयार गर्ने उद्देश्यले कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको डिजिटल कर्णाली कन्क्लेभमा दुई कार्यालयबाट कुनै पनि प्रतिनिधि सहभागी भएनन् ।
प्रदेश राजधानीमा टेलिकम र विद्युतका प्रदेश स्तरीय र जिल्ला स्तरीय कार्यालय सुर्खेतमा छन् । तर दुवै कार्यालयले मौन बहिस्कार गरेपछि मन्त्री जिसीले सार्वजनिक रूपमा आपत्ती जनाएका छन् ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आफै पुगेर प्रमुखलाइ निमन्त्रणा पत्र दिएकाे तर कार्यक्रममा सहभागी नहुँदा दुखित बनाएकाे भन्दै मन्त्री जिसीले गुनासाे पाेखे । मन्त्री जिसीले भने, ‘मैले दुःख मान्नुपर्छ कि प्रदेश कार्यालयबाट कुनै पनि प्रतिनिधित्व आउनु भएको रहेनछ । मलाई विश्वास छ, यो कर्णाली कन्क्लेभर उहाँहरु यहाँ आइदिनु हुनेछ ।’
याे ब्याग्य मन्त्री जिसीले शनिवारसम्म जारी रहने ‘डिजिटल कर्णाली कन्क्लेभ’ मा ति कार्यालयका प्रतिनिधिहरू सहभागी हुन भन्ने हाे । सहभागिताका लागि सम्पर्क गर्न टेलिकमका कर्मचारीहरुले अनेक बाहाना बनाएर कार्यक्रममा सहभागी नभएको मन्त्रीकाे गुनासो छ ।
‘हामीले सम्पर्क गर्दा कसैले ज्वरो आयो, कर्णाली कन्क्लेभले कसैलाई ज्वरो निकाल्यो, कसैलाई टाइफाइड बनायो, हस्पिटल भर्ना गर्नुपर्ने अवस्था बनाएछ,’ मन्त्री जिसीले भने, ‘त्रासपूर्ण कर्णाली होइन, हामी सहयोग, समन्वय र रचनात्मक ढंगले सहयोग लिने नागरिक सरकार हो ।’
कार्यक्रम बहिस्कार गरेकोप्रति विद्युत प्राधिकरणप्रति समेत आक्रोष पोखेका छन् । ‘निमन्त्रणा बोकेर कार्यालयमा जाँदा उहाँहरु (नेपाल टेलिकम र विद्युत प्राधिकरण) नआइसकेपछि सार्वजनिक रुपमा जतिजनाले सुन्नु भएको छ, हेर्नु भएको छ उहाँहरु मार्फत संघीय सरकारलाई पुग्नेगरी सार्वजनिक रुपमा अपिल गरे,’ उनले भने ।

नेपाल कर्म । १८ फाल्गुन २०८०, शुक्रबार १९:३७