प्रदेश स्तरीय पुरुष फुटबलकाे उपाधी जुम्लाले जित्याे

जुम्ला । जुम्लाकाे सदरमुकाम खलंगामा जारी प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको जुम्लाले जितेकाे छ । राजासिम स्थित निर्माणाधिन रंगशालामा भएकाे फाईनल खेलमा हुम्लालाई पराजित गर्दै जुम्ला विजयी भएकाे हाे ।



हुम्लालाइ शुन्यका विरूद्ध ४ गोलले जुम्ला विजयी भएको छ । हुम्ला भने उपविजेतामा समिति भएकाे छ । खेल अवधिभर हुम्लाले एउटा पनि गोल फर्काउन सकेन् ।उपाधि जितेको जुम्लाले प्रदेश स्तरीय फुटबलको कप, मेडल र प्रमाण पत्र पाएकाे छ ।

घरेलु मैदानमा खेलेको जुम्लाले उत्कृष्ट प्रर्दशन गरेको थियाे । हिमाली जिल्ला हुम्ला र जुम्लाका बिच भएको फाईनल प्रतियोगितामा जुम्लाले जित हात पारेको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए ।

जुम्लाले जित हासिल गरेसँगै आगामी दशौँ राष्ट्रिय प्रतियोगितामा धेरै खेलाडी छनोट हुने आशा गरिएको हमालले बताए । २०८१ मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गर्न पुरुष फुटबल प्रतियोगिता जुम्लामा गरिएकाे हाे ।

प्रदेश स्तरीय फुटबलमा कर्णालीका १० वटा जिल्ला मध्ये ६ वटा जिल्ला जुम्लासहित, मुगु, हुम्ला, कालिकोट, सुर्खेत र जाजरकोटको सहभागिता थियो । जसमा जाजरकोट र मुगु नकाउट चरण तथा सुर्खेत र कालिकोट सेमिफाईनलबाट बाहिरिएका थिए ।

प्रतियोगितामा सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडीलाई विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले बताए ।

तपाईको प्रतिक्रिया