वीरेन्द्रनगरमा मोटरसाइकल ठोक्किदा तीन जना घाइते

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा माेटरसाइकल दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । फाेरलेन सडक खण्डकाे मंगलगढी चोकबाट पिपिरातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ प ५४५३ नम्बर र विपरित दिशातर्फ जाँदै गरेको भे २ प ५२३४ नम्बरको मोटरसाइकल वीरेन्द्रनगर–१० दैलेख रोडमा एक आपसमा ठोक्किएका हुन् ।



घाइते हुनेमा वीरेन्द्रनगर–१० बस्ने वर्ष ४२ का शेरबहादुर सार्की, बर्दिया बासगढी नगरपालिका ५ बस्ने वर्ष ३५ का भोलाराम थारु र वीरेन्द्रनगर–११ बस्ने वर्ष २२ का रमेश बिटालु रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले जानकारी दिए ।

उनकाअनुसार घाइते दुईजनाको ट्रमा सेन्टर सुर्खेतमा र एक जनाको माया नर्सिङ होममा उपचार भईरहेको छ । दुईवटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया