सुर्खेत । जुम्लामा जारी कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनल खेल हुम्ला र जुम्लाविच हुने भएकाे छ । बिहिबार नेपाली सेनाको खेल मैदानमा भएको प्रतियोगितामा सुर्खेतलाई हराउँदै जुम्ला फाईनलमा पुगेको हो ।
निर्धारित समयमा बराबरी गोल भएपछि पेनाल्टि सुटआउटमा सुर्खेतलाई जुम्लाले हराएकाे छ । पेनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै जुम्ला फाईनलमा प्रवेश गरेको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए ।


विवादित फुटबल खेलबाट वाक्क भएका जुम्लाबासीहरु घरेलु मैदानमा सुर्खेतको बलियो टिमलाई हराउँदै फाइनल पुगेपछि खुसी छन् । जुम्लाले घरेलु मैदानमा सुर्खेतलाई हराउदा जुम्लाको फुटबल टिमको उपस्थित बलियो सावित गरेकाे छ। यसअघि भएकाे खेलमा कालिकाेटलाइ १ का विरूद्ध २ गाेल गर्दै हुम्ला फाइनल प्रवेश गरिसकेकाे छ ।

हिमाली जिल्ला हुम्ला र जुम्लाको फाईनल खेल रोचक हुने अनुमान गरिएको छ । फुटबल खेललाई नेपालमा बढी लोकप्रिय मानिन्छ । हिमाली जिल्लाहरुमा लगानी र लगाब अनुसारको उपलब्धि छैन् ।
फाइनल खेल शुक्रबार भाेली दिउँसो १ बजे राजासिमस्थित रंगशालामा हुनेछ । २०८१ मंसिर २ गतेदेखि ९ सम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गर्न फुटबल प्रतियोगिता जुम्लामा सञ्चालन गरिएकाे हाे ।

नेपाल कर्म । १७ फाल्गुन २०८०, बिहीबार २०:५२