सुर्खेत । सुर्खेत पश्चिममा पर्ने भेरी र कर्णाली नदीको दोभानमा द्विपेश्वर धार्मिक पर्यटन महामहोत्सवको आयोजना गर्न लागिएको छ । यहीँ फागुन २१ गतेबाट सञ्चालन गर्न लागिएको महोत्सवमा अन्तर्राष्ट्रिय भागवत कथा बाचिका राधिका दासीले कथा वाचन गर्ने कार्यतालिका रहेको हो ।
फागुन २५ गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सवको मुख्य उदेश्य हनुमान र शिवको मुर्ति स्थापना र वृद्धाश्रम तथा मन्दिर निर्माण गर्ने रहेको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष रमेश खनालले जानकारी दिए ।
उनकाअनुसार महोत्सवमा फागुन २१ गते बिहान ७ बजेदेखि द्विपेश्वर धाम परिकर्मा र शोभा यात्रा गरिनेछ । उद्घाटन भने सोही दिन विहान गर्ने कार्यतालिका छ । महोत्सवमा कथा वाचन, प्रत्येक दिन विहान र साँझ सन्ध्या आरती एवं संगीतमय भजन कीर्तन, महात्म्य देव लिला, यज्ञ अवधिभर विवाह, ब्रतवन्ध, पृतिमोक्ष, ग्रह शान्ति, लक्षबतिं, तुलादान, गौदान, भूमीवान जस्ता अनुष्ठानहरू र महायज्ञमा दानवीरहरूलाई सम्मान कार्यक्रम राखिएको छ ।


फागुन २५ गते पूर्णाहुति एवं विसर्जनसहित महोत्सव समापन गर्ने कार्यतालिका बनाएको अध्यक्ष खनालले जानकारी दिए ।


नेपाल कर्म । १८ फाल्गुन २०८०, शुक्रबार १०:३५