सुर्खेत महोत्सवमा आज कुलेन्द्र र जानकीको प्रस्तुती

सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो महोत्सवको चौथो दिन चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायिका जानकी तारामी मगरको प्रस्तुती दिने भएका छन् । समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको आधारः प्राकृतिक स्रोत प्रांगारिक कृषि, संस्कृति, पर्यटन र उद्योग हुन पूर्वाधारका भन्नृ नरासहित जारी महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती राखिएको छ ।



सुर्खेती गायक शिव संगीत, लोक तथा देउडा गायक विनोद न्यौपाने, गायिकाद्वय एन्जिला रेग्मी र रेश्मा पुन, डान्सर टीका जैशीको पनि प्रस्तुती रहने महोत्सव आयोजकले जनाएको छ ।

एक्सपोको मुख्य उदेश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसारसंगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्ने रहेको छ सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया