सुर्खेत । सुर्खेत प्रहरीले कुटपिट मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेकाे छ । सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत न.३५३३ मा जरिवना फैसला भएकाे तर फरार रहेका अबिरल भन्ने लक्ष्मी रावतलाई प्रहरीकाे टाेलीले पक्राउ गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे हाे ।
वीरेन्द्रनगर-३ यरिचाेक बस्ने ३३ वर्षीय रावतलाई १५ हजार जरिवाना तोकिएको कार्यालयले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको पाँच जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।


नेपाल कर्म । १७ जेष्ठ २०८०, बुधबार १६:२६