सुर्खेत । दैलेख प्रहरीले दैलेखबाट भरूवम बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले जिल्लाको नारायण नगरपालिका–२ स्थित देउती सामुदायीक वनबाट पक्राउ गरेको हो।


पक्राउ पर्नेमा नारायण नगरपालिका–२ बस्ने ५१ वर्षीय अमरबहादुर रावत र ५४ वर्षीय धनबहादुर राम्जाली मगर रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनिहरुको साथबाट प्रहरीले १ नाले खालि भरुवा बन्दुक बरामद गरेको हो।
उनिहरुले बन्दुक बोकेर हिँडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जनाएको छ।

नेपाल कर्म । १४ फाल्गुन २०८०, सोमबार १४:१८