काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट चोरिएको शिशुसहित पक्राउ परेकी महिला नेपाली सेनाकी श्रीमती भएको खुलेको छ।
शुक्रबार दिउँसो काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी शिशु (बालिका) बाेकिदिने बहानामा लिएर एक महिला बेपत्ता भएकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सीसीटीभी फुटेका आधारमा प्रहरीले काँडाघारीबाट शिशुसहित दैलेख घर भएकी मनीषा भनिने मनकुमारी सिंहलाई पक्राउ गरेको छ। साथै बच्चा चोरीमा सघाएको आरोपमा प्रहरीले उनका श्रीमान् र दिदीलाई पनि नियन्त्रणमा लिएको छ।


उनका श्रीमान् भने भने नेपाली सेना भएको खुलेको छ।
‘तीन जना पक्राउ गरेका छौँ’, परिसरका एक प्रहरी अधिकारीले भने, ‘विस्तृत कुरा आज हामी पत्रकार सम्मेलन गरेर बताउनेछौँ।’

नेपाल कर्म । १२ फाल्गुन २०८०, शनिबार ०८:५८