सल्यान । शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन्।
बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन्।



स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएको शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए।
जानकी र सुनिलको अवस्था गम्भीर छ भने दुईजनाको अवस्था सामान्य छ। घाइतेलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको उनले बताए।

नेपाल कर्म । ११ फाल्गुन २०८०, शुक्रबार १७:२३