रुकुमपश्चिममा एक जना मृत फेला

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१२ मा एक जना मान्छे मृत फेला परेका छन्।



सोही ठाउँमा वर्ष ५१ का हस्तराम खड्का बाटो छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

आज बिहान साढे ६ बजेतिर मृत भेटिएका खड्काको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी खड्काको भनाइ छ ।

तपाईको प्रतिक्रिया