सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा सञ्चालन गर्न लागिएको महोत्सवमा विशेष छुटसहित प्याराग्लाइडिङको मज्जा लिन पाइने भएको छ । वीरेन्द्रनगरको वडा नम्बर १४ मा रहेको बयलकाँडादेखि वीरेन्द्रनगरको खुलामञ्चमा अवतरण गर्नेगरी प्याराग्लाइडिङको मज्जा लिन पाइने भएको हो ।

यहीँ फागुन १४ गतेबाट सञ्चालन लागिएको तेस्रो कर्णाली एक्स्पोमा विशेष छुटसहित प्याराग्लाइडिङ उडान र अवतरणको व्यवस्था मिलाइएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले नेपालकर्मलाई जानकारी दिए ।


उनकाअनुसार प्याराग्लाडिङ सेवा लिनेहरुले पाँच हजारमै भिडियो र फोटो खिचेर उपलव्ध गराइदिनेगरी सहजिकरण गरिएको छ । प्याराग्लाडिङको माध्यमबाट पर्यटनको प्रचारप्रासर र विकासका लागि महोत्सवमा अवधिभर विषेश छुट गरिएको उनको भनाई छ ।
समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको आधार, स्रोत प्रांगारिक कृषि, संस्कृति, पर्यटन र उद्योग हुन पूर्वाधार भन्ने नारासहित महोत्सवको आयोजना गर्न लागिएको हो ।

नेपाल कर्म । ९ फाल्गुन २०८०, बुधबार १८:१३