काठमाडाैँ । आईसीसी विश्वकप लिगअन्तर्गत जारी खेलमा नामिबियाले नेपालमाथि दबाब बनाएको छ । पहिलो पावरप्लेमा नेपालले ६६ रन बनाएको त छ तर महत्त्वपूर्ण तीन विकेट गुमाएको छ ।
लिगअन्तर्गतको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आज पनि दबाबमा परेको हो । ओपनर कुशल भुर्तेलका साथै नेपालले आश गरेका ब्याटर अनिल साहलाई पनि नामिबियाले आउट गराइसकेको छ । त्यस्तै यू-१९ क्रिकेट टिमका कप्तानसमेत रहेका देव खनाल पनि पेभेलियन फर्किएका छन् ।



नेपालले सातौँ ओभरमा दुई र आठौँ ओभरमा एक विकेट गुमाएपछि दबाबमा परेको हो । ओपनर आशिफ शेखले भने सम्हालिएको ब्याटिङ गरिरहेका छन् । तर, अनिल साह र खनाल एक रन पनि जोड्न नपाउँदै आउट भए । उता भुर्तेलले भने १८ रन बनाएका थिए ।
नेपालले आज आरिफ शेखलाई बेन्चमा राखेर करण केसीलाई मैदानमा उतारेको छ । अहिले कुशल मल्ल र आशिफ शेख मैदानमा छन् ।

नेपाल कर्म । ९ फाल्गुन २०८०, बुधबार १०:४८