अत्याधुनिक स्वास्थ्य उपकरण

भवनलगायत भौतिक पूर्वाधार र पर्याप्त जनशक्ति मात्र भएर अस्पतालले सहज रूपमा सेवा प्रवाह गर्न सक्दैन । रोगको सही निदान तथा उपचारका लागि अत्याधुनिक र गुणस्तरीय स्वास्थ्य उपकरणको उत्तिकै जरूरत पर्दछ ।



हामीले पछिल्लो समय यस कार्यमा विशेष ध्यान दियौं । विशेषगरी आर्थिक वर्ष २०७५/७६ मा उपकरण औजार खरिदलाई तीव्रता दिएका थियौ । त्यसयता बोलपत्र आह्वानको सूचनाद्वारा करिब ५ दर्जनको संख्यामा आधुनिक औजार, उपकरण र स्वास्थ्य सामग्री खरिद गरिएका छन् । यसले गर्दा प्रदेश अस्पताल आधुनिक उपकरणयुक्त बनेको छ।

अनियमित विद्युतको समस्याबाट छुटकारा पाउन र चौबीसै घण्टा उपकरण चलायमान बनाउन २५० केभिएको जेनेरेटर र ३० केभिएको सोलार सिस्टम जडान गरिएको छ । यतिमात्र होइन, विश्व स्वास्थ्य संगठनको सहयोगमा पूर्वी एसियाकै ठूलो सोलार प्यानल जडान गरिएको छ । ५०० केभिएको अटोमेटिक भोल्टेज रेगुलेटर राखिएको छ ।

संघीय सरकारको सहयोगमा अत्याधुनिक एमआरआई मेसिन खरिद गरी सेवा सुरू गरिएको छ । ६४ च्यानल क्षमताको यो नेपालमा भित्रिएको पहिलो एमआरआई मेसिन हो । मेसिन सञ्चालनमा आएपछि रोगको निदान गर्न काठमाडौंलगायत ठाउँमा रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

त्यसैगरी ५ वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा 16 Slice को सिटी स्क्यान मेसिन जडान गरी सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया