वीरेन्द्रनगरले बनायो महिला तथा बालबालिका अस्पताल, बैशाखसम्म सञ्चालन गर्ने तयारी

सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगर पाँच शैयाको अस्पताल निर्माण गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ कटकुवा नगरपालिकाले पाँच शैयाको अस्पताल निर्माण गरेको हो ।



नगर भित्रका महिला तथा बालबालिकाहरुलाई सहुलियतमा उपचार प्रदान गर्ने उदेश्यले गैर सररकारी संस्थाको लगानीमा नगर अस्पताल निर्माण गरिएको छ । यसअघि कटकुवा स्वास्थ्य चौकी रहेको स्थानमा महिला तथा बालबालिकाको लागि ५ शैयाको सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनकाअनुसार १८ महिना अघि ब्याक टु नेपाल संस्थाले अस्पताल निर्माण सकेर नगरपालिकालाई हस्तान्तरण गरेको हो । आवश्यक सामग्री तथा उपकरण जडान गरिएको अस्पताललाई चालु आर्थिक वर्षकै बैशाखसम्ममा पूर्ण रुपमा सञ्चालन ल्याउने तयारीमा रहेको ढकालले बताइन् ।

ब्याक टु नेपालका मेनेजर अनुप पौडेलकाअनुसार ५ करोड ७० लाखको लागतमा अस्पताल निर्माण गरिएको हो । भवन निर्माणसहित मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरणहरु र नवजात शिशुको सघन कक्ष संचालन गर्न आवश्यक सम्पूर्ण सामग्री समेत जडान छ ।

नगरपालिकाले नगर भित्रका महिला र बालबालिकाहरुका लागि सहज उपचार सेवा दिने उदेश्यले अस्पताल निर्माणका लागि २०७८ साल मङ्सिर २२ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो ।

नगरपालिका प्रमुख ढकालले ब्याक टु लाइफको आर्थिक सहयोगबाट निर्माण भएको अस्पताल भवन र प्राप्त उपकरणहरुले वीरेन्द्रनगर र कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरु लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गरेकी छन् ।

नगरपालिकाले विपन्न समुदायका नागरिकहरुको निःशुल्क उपचारका लागि विमा गरेकाले ति व्यक्तिहरुलाई नगर अस्पतालबाट सेवा लिन अझ सहज हने विश्वास व्यक्ति गरिन् । नगरपालिकाले करिव नगरका सातसय जनाको निःशुल्क विमा गरेको छ ।

‘सामान्य उपचारका लागि प्रदेश अस्पताल नै धाउनु पर्ने अवस्था छ,’ ढकालले भनिन्, ”

सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ। हाल कर्णाली प्रदेश र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लामा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ। सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य संकटको बेलामा संस्थाले कार्यक्रम र सहयोग गरिरहेको छ।

मुगुका सबै पालिकामा कार्यरत यस संस्थाले मुगु जिल्लामा १५ वटा बर्थिङ्ग सेन्टर संचालन गरेको छ। आज सम्पन्न हस्तान्तरण कार्यक्रम ब्याक टु लाइफको परियोजना साझेदार संस्था मानव अधिकार तथा विकास केन्द्रका अध्यक्ष जग वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया