सुर्खेत । ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले समृद्ध नेपाल निर्माणमा सबैको निस्वार्थ योगदान आवश्यक रहेको बताएका छन् । मुलुकमा स्थापना भएको संघिय लोकतान्त्रिक गणतन्त्र,धर्मनिरेपेक्ष्ता,संघियता,समानुपातिक–समावेशीता र गणतन्त्रको रक्षा र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्न सबैपक्ष एकैढिक्का भएर लाग्नु पर्ने शुभकामना सन्देशमा परियारले उल्लेख गरेका छन् ।

यस्ताे छ, प्रदेश प्रमुख तिलक परियारले दिएकाे शुभकामना सन्देश
७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस को शुभकामना सन्देश ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णाली वासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदिबहिनि तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २००७ साल फागुन ७ गते १०४ वर्ष पुरानो जहा“निया राणाशासनको अन्त्य भएको दिन थियो । त्यसै दिनदेखी नेपाली जनताले प्रजातान्त्रिक युगमा प्रवेश गरेका थिय ।
त्यस ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदै आएका छौं ।यस अवसरमा देश र जनताको मुक्ति एवं अग्रगामी परिवर्तनको लागी आफनो अमुल्य जिवनको सचेत रुपले वलिदान दिने २००७ साल,०३६ साल, ०४६ साल, १० वर्षे जनयुद्ध ,०६२-६३ को १९ दिने जनआन्दोलन ,मधेश आन्दोलन,विभिन्न जनवर्गिय आन्दोलनमा शहादत प्राप्त गर्ने ति सम्पुर्ण महान शहिदहरुप्रति भावपुर्ण श्रदाञ्जलि अर्पण गर्दछु ।

आज प्रजातान्त्रिक अधिकारको रक्षा, प्रयोग, र थप परिमार्जित गर्दै ७३ वर्ष पुरा भएर ७४ औं बर्षमा प्रवेश गरेका छौं ।नेपाली जनताले विभिन्न काल खण्डमा शान्तिपुर्ण र सशस्त्र संघर्षमा आफनो अमुल्य जीवन बलिदानद्धारा प्राप्त गरेका अधिकारहरु खोस्न जनता र राष्ट्रका शत्रुहरु बेलाबखत शिर उठाउने दुस्साहस गर्न सक्छन त्यका विरुद्ध जनताले खबरदारी गर्ने दिन पनि हो । त्यसैले यस दिवसको ठुलो महत्व रहेको छ।
मुलुकमा स्थापना भएको संघिय लोकतान्त्रिक गणतन्त्र,धर्मनिरेपेक्ष्ता,संघियता,समानुपातिक–समावेशीता र गणतन्त्रको रक्षा र सुदृढ गर्न सुशासन,सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्न सबैपक्ष एकैढिक्का भएर निस्वार्थ भावले योगदान गर्न आवश्यक छ ।
प्रजातन्त्र दिवसले सबैलाई प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु । अन्तमा ःप्रजातान्त्रिक मुल्य मान्यतालाई जिवन पद्धति बनाएर देशमा विद्यमान वर्ग,जाति,जनजाति,महिला,दलित,मधेशी,उत्पीडित,उपेक्षित क्षेत्रलाई न्याय समानता,निश्पक्षता,नेपालको सार्वभौमसत्ता,अखण्डता,राष्ट्रिय हित स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरुमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति,सुशाासन,विकास र समृद्धि गर्न सबैमा उत्साह प्रदान गर्न सकोस कामना गर्दछु ।


नेपाल कर्म । ७ फाल्गुन २०८०, सोमबार ०८:३४