प्रदेश अस्पतालका डा. डम्बर खड्काका ८ वर्ष, ८ उपलब्धि

सुर्खेत । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले आफ्ना उपलब्धि सार्वजनिक गरेका छन्। डाक्टर खड्काले आफुले ८ वर्षमा गरेका प्रमुख ८ उपलब्धि सार्वजनिक गरेका हुन्।



अस्पतालका निर्देशक डाक्टर खड्काले आइतबार (फागुन ६) गते पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत रहेका ८ वर्षको समयमा कामबाट भएका उपलब्धिहरु मध्ये छोटकरीमा ८ वटा उपलब्धि सार्वजनिक गरेका हुन्।

डाक्टर खड्काले पहिलो नम्बर उपलब्धिमा भौतिक पूर्वाधारमा अस्पतालमा मारेको फड्को, दोस्रोमा अस्पतालमा जनशक्ति तेब्बर, तेस्रोमा अत्याधुनिक स्वास्थ्य उपकरण रहेका छन्।

यस्तै, डाक्टर खड्काले सेवा विस्तार र सुधार, उच्चस्तरीय स्वास्थ्य सेवा, कोरोनासँग साहसिक लडाइँ, समन्वय–सहकार्य मूलमन्त्र र सेवाग्राहीको विश्वास आर्जन गरेर ८ वटा मूख्य उपलब्धि ८ वर्षको समयमा हासिल गरेको जनाएका छन्।

तपाईको प्रतिक्रिया