क्रान्तिकारी ह्ययारियटले गरेकाे दास प्रथाविरुद्धको त्यो विरोध

ह्ययारियट टबम्यान अमेरिकाको मेरिल्यान्ड राज्यको टाइड वाटरमा एक बंधुवा वा कमैयाँ परिवारमा सन १८२२ मा सानी बालिका अरामिन्टको जन्म भयो। ती बालिकाले एकदिन विश्व थर्काउनेछिन् भन्ने कुरा कसैलाइ थाहा थिएन्। खेतमा काम गर्न राखिएका दासहरुले उनिलाई सानी छदा मिन्टा वा मिन्टी भनेर बोलाउथ्ये।



दास प्रथाको त्यो युगमा उनको बाल्यकाल राम्रोसँग हुर्कन पाएन्। ५ वर्षको सानो उमेरमा एक गोरी महिलाले उनलाई घरेलु कामदारका रुपमा भाडामा लिइन्।

कामको पहिलो दिनमै छालाको डोरिले उनको मुखमा हिर्काउन सुरु गरिन। आफूमाथि हुने दुर्व्यवहार सहन नसकी ७ वर्षको उमेरमा उनी त्यहाँबाट भागेकी थिइन्।

उनी साह्रै थाकिन र फेरि ती गोरी महिलाबाट समातिने डरले एउटा सुंगुरको खोरमा बसिन्। खानाको लागि तिनले सुंगुरहरुसँग संघर्ष गरिन। ४ दिनपछी आफू काम गर्ने घरमा पुग्दा उनलाइ पुनः पिट्न सुरु गरियो। पछी उनी पहिलेकै खेतमा फर्किइन्। त्यसबेला उनलाई ह्ययारियट भनियो।

अब उनी घर दासी नभइ खेतमा काम गर्ने खेतदासी भइन्।

आफू वश्यक उमेर अवस्थामा पुगेपछी उनले आफुलाइ कमैया घरबाट मुक्त गरिन्। तर , आफ्नो मात्र स्वाधिनताबाट सन्तुष्टि नभइ उनले अरुलाई पनि दासत्वबाट मुक्त पार्ने आभियान सुरु गरिन्।

आफ्नो कार्यमा उनी साह्रै सफल भइन् र दास÷दासीहरुको लागि उनी जीवित इतिहास बनिन्। दास मालिकहरुको मनको काँडा बनिन्। उनलाई जीउँदै वा मुर्दा समाउन भुमिपतिहरुले सन् १८५० मा ४० हजार डलर मूल्य राखे। दासहररूको इलाका इलाकामा चारैतिर उनको नाम मोसेस वा उनको अभियान मुक्तिको कानेखुसी सुनिन्थ्यो। उनले तीन सय दासहरूलाई मुक्त गरिन तथा दास क्षेत्रभित्र सुचना दिनेहरूको व्यापक संगठन फैलाइन्।

दास मालिकहरूलाई उनीदेखि साह्रै रिस उठेको थियो। तिनीहरूले संघीय भगोडा दास ऐन ल्याए। त्यस ऐनले दास मालिकहरुलाइ आफ्नो पुर्वदासहरूलाई अमेरिकाको जुन सुकै स्थानबाट पक्रनसक्ने आधिकार दियो। यस घोषणपछि आफू बसेको क्यानाडियाली सिमामा पनि दास प्रथाको लहर फैलेको उनले अनुभव गरिन्। आफ्नो ओरपर रहेका दासहरूलाई स्वतन्त्रताको निम्ति लड्न उतप्रेरणा गरिन्।

त्यस अभियानमा उनीपुर्ण तत्परताका साथ लागिन्। जब एक भोको डराएको र थाकेको दासले आफू पहिले काम गरेको ठाउँमा जाने इच्छा ब्याक्त गर्थ्यो। ह्ययारियटले उमाथी पेस्तोल ताक्दै, हामीसंग हिड वा मर भन्ने आदेश दिन्थिन्। उनको अभियान पछाडी फर्किने ठाउँ थिएन्।

गृहयुद्ध सुरु भयपछि पश्चिम् क्यानाडास्थित आफ्नो निवास छोडी दासप्रथाको विरोधमा सक्दो सहयोग गर्न आफ्नो देश फर्किन्। आफ्नो गहिरो सम्पर्कको आधारमा उनले संघीय सेनालाई महत्त्वपूर्ण गोप्य सुचना उपलब्ध गराइन्। ब्याक्तिगत रुपमा पनि महासंघका विभिन्न लक्षित ठाउँहरुमा छापा मारिन्।

त्यो मध्ये सबैभन्दा प्रख्यात सन् १९६३ मा जुनको कोम्बाही नदीमा मारिएको छापा थियो। दक्षिण क्यारोलिनाको खेतहरूमा रहेका आफ्ना सम्पर्क सुत्रहरुमार्फत उनले संघीय जलसेनाको बाटो रोक्न कोम्बाही नदीमा तैरिने बारुदहरू राखिएको जानकारी पाइन्।

उनको नेतृत्वमा ती बारुदहरू हटाइयो रेलमार्ग र पुलहरु नष्ट गरियो र दासप्रथाको सबभन्दा महत्त्वपूर्ण श्रोत बन्दी दासहरू मुक्त भए। ८०० भन्दा बढी दासहरूलाई मुक्त गरेर जहाजमा राखी पठाइयो। यसले ह्ययारियटलार्इ धेरै खुसी बनायो। उनले त्यसखुसी बारे पछि निम्न सब्दहरु मार्फत ब्याक्त गरिन।

‘मैले कहिल्यै यस्तो दृश्य देखेकी थिइन्। हामी धेरै हास्यौँ यहाँ एउटी महिलाले आफ्नो टाउँकोमाथि ठेकी बोकेकि थिइन्। र त्यसमा भात थियो अर्कि एक महिलाले एउटा कालो र अर्को सेतो गरि दुइवटा सुँगुर ल्याएकी थिइन्। हामीले तिनिहरुलाई जहाजमै राख्यौँ। ती मध्ये एकको नाम ब्युरो गार्ड एक दक्षीण जनरल र अर्को कालो सुँगुरको नाम जेफ डेभिस (महासंघका सभापती) राख्यौँ। तिनीहरु जुम्ल्याहा जस्तै देखिन्थे।’

आफ्नो मित्रहरुको मुक्तिको दृश्यभन्दा पनि प्रिय दृश्यहरु उनको लागि अरु केहिपनी थिएन्। उनी एक स्वतन्त्रताको सेनानी थिइन। एक साहसी मुटुबाट निस्केका उनका सब्दहरु सताब्दियौदेखी रहेकाछन्। मैले तीनहरुको दुख देखेकीछु। पीडा देखेकिछु र सुस्केरा सुनेकिछु। तिनिहरुलाइ स्वतन्त्र पार्न मेरो रगतकि नसामा रगतको अन्तिम थोपा रहेसम्म काम गर्छु।

स्रोत (विश्वका क्रान्तिकारी महिलाहरु र अन्य विभिन्न सन्दर्भ सामाग्रीहरुबाट)

तपाईको प्रतिक्रिया