बुलबुले तालको झार हटाउन शुरु (भिडियो)

सुर्खेत । बुलबुले तालको पानी माथि फैलिएको झारपात हटाउन शुरु गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुंगा चलाउनु पूर्व तालमा फैलिएको झारपात हटाउन शुक्रबारदेखि शुरु गरेको हो ।



ताल सरसफाईका लागि समितिले दुई लाख बजेट छुट्याएको छ । त्यहीँ बजेटबाट समितिले काम थालेको हो । डुंगा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गर्ने काम सकिने र लगत्तै डुंगा चलाउन ठेक्का आह्वान गरिएको कम्पनीलाई सहज हुने भएकाले तालको झारपात हटाउन लागेको वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनकाअनुसार समितिमा आगामी पाँच वर्षका लागि डुंगा चलाउन आवश्यक प्रक्रियागत काम अन्तिम चरणमा पुगेको र सम्भवत फागुन दोस्रो साताबाट डुंगा चलाउन कम्पनी तयारी अवस्था रहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया