सुर्खेत । सुर्खेतबाट चालकदलसहित ५८ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ । बिहीबार साँझ सुर्खेतबाट काठमाडौंका लागि उडान भरेको श्रीको जहाजमा प्राविधिक समस्या देखापरेपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक आवतरणको अनुमति मागेका थिए ।

विमानस्थल कार्यालयका अनुसार उक्त विमानको फल्याप (विमानको ब्रेक लगाउने प्रणाली) मा समस्या उत्पन्न भएपछि इन्धन खपत गर्न काठमाण्डौंको आकाशमा जहाजलाई केही बेर घुमाइएको थियो । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार उक्त विमान साँझ ६ बजेको समयमा सकुशल आकस्मिक अवतरण भइसकेको छ ।


नेपाल कर्म । ३ फाल्गुन २०८०, बिहीबार १८:४१