गम्भीर दुर्घटनाबाट जोगिए एमाले महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेल गम्भीर सडक दुर्घटनाबाट जोगिएका छन् । शनिबार एमाले दैलेख जिल्ला अधिवेशन उद्दघाटन गर्न हिँडेका महासचिव पोखरेल सवार स्कार्पियो दैलेखको डुङ्गेश्वर गाउँपालिका १ को मटेला नजिक दुर्घटनामा परेको हो । पोखरेल सवार भे १ च ३६८ नम्बरको स्कार्पियो जीप साघुरो सडकका कारण दुर्घटनामा परेको जनाइएको छ ।



दिउँसो करिव ३ बजेको समयमा सुर्खेतदेखि दैलेख सदरमुकाम हिँडेका पोखरेलसहित गाडीमा एमाले प्रदेश कमिटी उपसचिव पद्मा खड्का, संघीय सांसद दिपा शर्मा लगायत ५ जना सवार थिए ।
उनीहरुलाई सामान्य चोट लागेको छ । दुर्घटनापछि महासचिव पोखरेलले जिल्ला अधिवेशन उद्दघाटन गरी आइतबार काठमाण्डौं फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया