सिद्धार्थ होटलको २६औँ बार्षिक उत्सवको अवसरमा आश्रममा भोजन सेवा

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा रहेको सिद्धार्थ होटलले आफ्नो बार्षिक उत्सवको अवसरमा आश्रममा स्पेशल भोजन सेवा गराएको छ।



सोमबार होटलको २६औँ बार्षिक उत्सवको अवसरमामानवसेवा आश्रम सुर्खेत शाखामा स्पेशल भोजन सेवा प्रदान गरेको हो।

सिद्धार्थ होटलले बार्षिक उत्सवको अवसरमा सिद्धार्थ होटल सुर्खेत शाखा परिवारद्धारा मानवसेवा आश्रमको सुर्खेत शाखामा आश्रममा बसेका बेसहारा नागरिकहरुलाई भोजन गराएको जनाएको छ।

होटलले बिहानाको भोजन गराएको हो।

होटलले भोजन सेवा कार्य गरेर आश्रमलाई महत्वपुर्ण योगदान गरेको भन्दै मानवसेवा आश्रम सुर्खेत शाखाले सिद्धार्थ होटल सुर्खेत शाखा परिवारलाई धन्यवाद व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया