खेलाडीलाई कर्णालीकै पहिचानसहितको पोशाक लागू

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरुको लागि कर्णालीकै पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ । पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल,कर्णालीमा पाइने दुर्लब बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति राखिएको हाे ।



कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम कर्णालीका खेलाडीहरुको लागि गेम पोसाक र मार्चपास पोसाक बनाएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र संज्यालले जानकारी दिए ।

सदस्य सचिव संज्यालका अनुसार गेम पोसाक रातो र निलो गरी दुई रङमा छ भने मार्च पास पोसक एउटा रङमा रहेको छ । गेम पोसाक र मार्चपास पोसाक महिला र पुरुष दुबै खेलाडीहरुले लगाउन मिल्ने छ । पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपी र सुटमा कर्णाली झल्किने चिन्ह राखिएको छ ।

पार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ । गेम पोसाकमा कर्णाली नदी, कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लभ बन्यजन्तु याक राखिएको छ ।

गेम पोसाकमा समेटिएको रातो रङ,नेपालको झण्डा र निलो रङ रारा, कर्णाली वोर्डरसँग मिल्ने भएकाले दुई रङ छानिएको संज्यालले भनाइ छ । सदस्य सचिव संज्यालका अनुसार मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो हुनुपर्ने छ ।

यो पोसाकलाई कर्णाली प्रदेश खेलकुद विकास परिषदले कानुनी रुपमा नै राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्नेछ । दर्ता पश्चात अन्य प्रदेशले कर्णालीको रङमा कुनै पनि पोसाक बनाउन पाउने छैनन् भने बनाएमा यसको कपि राइट लाग्नेछ ।

‘खेलाडीले प्रयोग गर्ने पोसाक हिजोका दिनमा खेल सकिए पश्चात गैर खेलाडीहरुले जहाँ पनि प्रयोग गरेको पाइयो । त्यसले गर्दा खेलाडीले प्रयोग गर्ने पोसकको महत्व धेरैले बुझेनन् यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएर हामिले कर्णालीको आफ्नो छुटटै पोसाक बनाउने निर्णय गर्यौं,’ ‘सदस्य सचिव संज्यालले भने, ‘अब देखि कर्णालीका खेलाडीहरुले प्रयोग गर्ने मार्च पास पोसाक र गेम पोसाक नियमित यहि हुन्छ ।’ कर्णाली प्रदेश खेलकुद विकास परिषदले केहि समय अघि सार्वजनिक सूचना आह्वान गरेर नै गेम पोसाक र मार्चपास पोसाकको डिजाइन मागेको थियो ।

तपाईको प्रतिक्रिया